कृषि प्रधान देश भनेर चिनिने नेपालमा बिस्तारै उत्पादन घट्दै गएर धान, चामल, मकै , गहुँ लगायत अन्न बाली बाहिरी देशबाट भित्र्याउनु पर्ने वाध्यता भएको छ। रसायनिक मलको अत्यधिक प्रयोगका कारण उत्पादनमा ह्रास आउन थालेपछि यूरिया ,डिएपी ,पोटास मल प्रयोग नगरी घरायसी मलको प्रयोग गरेर खेतीमा राम्रो उत्पादन गर्न सकिने किसान बताउँछन्।
आफ्नै घर आगनमा पाउने पिनाको धुलो, झारपात, गोबर, लगायतका कुराहरु मिसाएर अर्गानिक मल उत्पादन गरेर खेत बारीमा लगाउन सकिने झापा धुलाबारी का किसान डिल्ली खतिवडा वताउछन्।
तरल वेस्ट डिकम्पोजर टेक्नोलोजीबाट उत्पादित यो अर्गानिक मल प्रयोग गर्दा पहिलो पहिलो बर्षमा उत्पादन कम भएपनि दोस्रो बर्ष देखी राम्रो उत्पादन हुने र अर्गानिक उत्पादनका कारण मानव शरीरमा कुनै किसिमको असर नपर्ने कृषक बताउछन् ।
उनले आफुले घरमा उत्पादन गरेको मल तरकारी बारी , धान,मकै, गहुँ लगायत वालीहरुमा प्रयोग गर्न सकिने र यसको प्रयोगले माटोमा कुनै किसिमको असर नपर्ने वताए ।