दलित महिलाको अधिकार अन्तरकृया÷ विराटनगर
विराटनगर २ कार्तिक ।
नेपालमा सरकारले कागजीरुपमा छुवाछूत अन्त्य घोषणा गरेपनी ब्यवहारमा अझै लागू हुन नसकेको दलित एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।
विहिवार विराटनगर दलित महिला महासंघ मोरङले आयोजना गरेको सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्याक्रममा समाजिक न्याय तथा बिकास प्रक्रियामा दलित महिलाको पहुँच अभिबृद्धीका लागि मिडियाकर्मीहरुको भुमिका अति आवश्यक रहेको दलित अधिकार कर्मीहरुले बताएका छन् ।
राजनीतिक दलहरुले निर्वाचनमा बिजय हुनका लागि घोषणा–पत्रमा दलित महिलाहरूको अधिकारको कुरा गरेपनी नीति तथा कार्यक्रममा अझै पनि दलित महिलाले ठाउँ पाउन नसकेको उनिहरुले बताएका छन् । उनिहरुले महिलाहरुको सबालमा दलित महिलाहरु अझै पनि शिक्षा स्वास्थ्य र रोजगारीको बिषयमा राज्यले पछाडी पारेको आरोेप लगाए । दलित महिला जिल्ला परियोजनाको संयोजक नरवहादुर आउजीले ३ तहको सरकारले बजेट छुट्याउँदा दलित महिलाको अधिकार खोसिएको बताए । उनले तिने तहको सरकारलाई अगामी बजेटमा दलित महिलालाई केन्द्रीत गरेर बजेट छुटयाउन आग्रह समेत गरे । उनले दलितहरुले विद्यालय निर्माण गर्ने तर एकै ंठाउँमा पढन नदिने, ब्राह्मण समुदायलगायत अन्य समुदाका छोरा छोरी मात्र बढन पाउने विभेद कायमै रहेको बताए ।
कार्यक्रममा दलित महिला महासंघ मोरङकी अध्यक्ष सर्मिला परियारले दलित महिलाहरुको अधिकार स्थिापित गर्न स्थानिय तह देखिनै सहयोग हुनु पर्ने बताइन । सो कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मोरङ शाखाकी कार्यबाहाक अध्यक्ष तारा आचार्यले दलित महिलाहरुको अधिकार अझै ओझेलमा रहेको र दलित महिलालाई अधिकार सम्पन्न बनाउन सरकारलाई सञ्चारको मध्यमबाट सुचना प्रभावह गरेर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकि थिइन । सो कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरु साथै दलित संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
