स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नमो साई स्वास्थ्य उपचार केन्द्र, गछिया, सुन्दरहरैंचा ३, मोरङ्गसँगको सहकार्यमा यहि मिति २०८० असोज २९ गते सोमबारका दिन निःशुल्क मुटु परीक्षण सिविर सञ्चालन गरेको छ ।Health Camp pics (2)

मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल नेतृत्वको चिकित्सक टोलीले ८७ जना बिरामीको मुटु परीक्षण गरेको थियो जसमध्ये ८७ जनाकै निःशुल्क इकोकार्डियोग्राफि गरिएको थियो भने ४० जना बिरामीको निःशुल्क इ.सि.जि गरिएको थियो । 

Health Camp pics (1)


नोवेलको मुटु विभागमा कार्डियोलोजिष्ट एवम् कार्डियोसर्जन गरी १० जना चिकित्सक सहितको दक्ष जनशक्तिबाट सेवा उपलब्ध हुने हुँदा मुटु सम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध रहेको छ । साथै मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षणको यस अभियानले गाँउघरमै स्वास्थ्य उपचार सेवा पुग्दा बिरामीहरुलाई सहज भएको छ ।Health Camp pics (3)