सुनसरीको देवानगंज गाउँपालिका-७ स्थितबाट प्रहरीले अवैधरुपमा राखेको सामान वरामद गरेको छ ।

स्थानिय उदित नारायण चौधारी, धुर्व नारायण चौधरी र उषा थरुनी चौधरीको घरकोठा भाडामा लिई अबैधरुपमा  सामानहरु राखेको छ भन्ने  बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट हिजो बिहान खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा कोठा भित्र १५ बोरा सुर्ती, Woodland Luxury लेखिएको झोला २६९ थान, JSK Star लेखिएको सर्ट थान ३६७ पिस समेत गरी ४ लाख ८७ हजार ५०० रुपैया मुल्य बारवरको सामानहरु बरामद गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले ४ बण्डल पटका र ११ सय ७६ पाकेट खैनी बरामद गरेको छ । बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।