धनकुटा, उदयपुर र भोजपुर जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार असोज २६ गते इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका-१,३,७ नम्वर वडाका २३ रोपनी जग्गामा लगाएको ५७ सय गाँजाको बोट नष्ट गरेको छ ।
यसै गरी उदयपुरको जिल्ला प्रहरी
कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले
बेलका नगरपालिका-७ र ताप्ली गाउँपालिका-२ स्थितका बिभिन्न एरियामा लगाएको करिव ६२
हजार १ सय ५० बोट गाँजाको बोट नष्ट गरेको छ भने भोजपुरको हतुवागढी गाउँपालिका ४
स्थित मा रहेको १८ रोपनी जग्गामा लगाएको
करिव ३५ सय गाँजाको बोट इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले
नष्ट गरेको छ ।