मोरङ र झापा जिल्लाका नदीहरुबाट अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हिजो मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० स्थितमा अवैधरुपमा ढुंगा बोकेको प्रदेश ३-०१-००३ क ५३८२प्रदेश ३-०१-००३ क ५३७६ नम्वरको टिफर नियन्त्रणमा लिएको छ भने झापाको प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-००२ त २९० नम्वरको ट्याक्टरले अवैध रुपमा बालुवा ओसार पोसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।