विराटनगर, २६ असोज ।

 नेपालमा लोकतन्त्र आएको ३४ वर्षमा सबै क्षेत्र धराशायी बन्दै गएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । 

 शुक्रबार विराटनगरमा हिमालय मातृभूति फाउण्डेशनले आयोजना गरेको राष्ट्रिय अभियान अवधारणा पत्र सार्वजनिकिकरण कार्यक्रममा बोल्दै राजनैतिक विश्लेषकहरुले मुलुकमा राजनैतिक भ्रष्टाचार बढेका कारण सुशासन,विकास र समृद्धि हुन नसकेको धारणा राखेका छन् ।

 कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु गरिएको सो अभियान सातै प्रदेशमा पुग्ने सहभागिहरुले बताएका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष टिकाराम पुरीले राजनैतिक स्थायीत्व र सुशासनका लागि सबैले बोल्नुपर्ने अवस्था आएको बताए । उनले घरघरमा सिंहं दरवार भन्ने नाराका साथ आएको देशमा परिर्वतन तर जनताले अनुभुति गर्न भएका छैनन् । त्यसैले आज यस फाउण्डेशनले देश भरिनै सुशासनको लागि अभियानका रुपमा गरेको बताएको छ । 

सो कार्यक्रममा बुद्धिजीवी, उद्योगी व्यापारी  र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

aviyan photo (3)