झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।
सिमावर्ति एरिया ईलाकाहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको रेडिमेट कपडा, कुर्ता सुरुवाल, खाद्यन्न र कस्मेटिक लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव १ लाख ७३ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।