कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६८ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी परिसमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा बिभिन्न जातका १ सय भन्दा बढी बिरुवाहरु रोपिएको थियो ।
बृक्षारोपनको क्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले रोपिएका बिरुवाको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीले निरन्तर लागि पर्नु पर्ने समेत बताउनु भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला तथा संघका पदाधिकारीहरु समेतले बृक्षारोपण गरेका थिए ।
६८ औ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका सम्पुर्ण प्रहरी कार्यालयहरु परिसरमा एक हजार भन्दा बढी बिभिन्न जातको रुख तथा फलफुलका बिरुवाहरु रोपिएका छन ।