इटहरी इन्टरनेशनल कलेजमा आइआइसी इनोभेक्स २०२३ हुने भएको छ । सुन्दरहरैचाको दुलारीमा रहेको इन्टरनेशनल कलेजमा यही असोज २५ र २६ गते आइआइसी इनोभेक्स सञ्चालन हुने  एक पत्रकार सम्मेलनको आयोजनागरी जानकारी दिइएको छ । कार्यक्रममा देशभरका २० वटा कलेजहरुको सहभागीता रहनेछ भने  स्नातक तह व्यवस्थापन संकायका सय जना बढी विद्यार्थीहरूले सहभागिता जनाउने छन् । जसमा कोशी  प्रदेशका ११ , मधेस प्रदेशको १, बागमती प्रदेशका ७, गण्डकी प्रदेशको १ गरी देशभरका २० वटा कलेजको  सहभागिता रहने छ ।

प्रत्येक कलेजबाट ५ जनाको दरले बिद्यार्थीहरुले सहभागिता जनाउने छन् । आइआइसी इनोभेक्स कार्यक्रममा सिन्धुली बहुमुखी क्याम्पस , काठमाडौं यूनिभरसिटी स्कुल अफ म्यानेजमेन्ट, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, द ब्रिटिस कलेज, इन्फरमेटिकस कलेज पोखरा, वीरगन्ज पब्लिक कलेज, इस्लिङ्टन कलेज, हेराल्ड कलेज , बालकुमारी कलेज, शुष्मा  गोदावारी कलेज, विश्व आदर्श कलेज इटहरीको सहभागिता रहने छ ।

त्यसैगरी  महेन्द्र बहुमुखी क्याम्पस धरान, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, सुकुना बहुमुखी क्याम्पस, जेनिथ क्याम्पस, जनता बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस लगायतहरूको सहभागिता रहने छ  ।

IMG_3889

२ दिन  सञ्चालन हुने उक्त कार्यक्रममा पहिलो दिन २५ गते चार वटा विधा मार्केटिङ माभेन, फाइनान्सेयल फिट, लिगल सिम्फोजियम, सिइओ क्रोनिकल्स् कार्यक्रमहरू रहेका छन् । त्यस्तै दोस्रो दिन २६ गते मुख्य विधा इनोभेक्स् लगायत पुरस्कार वितरण तथा कार्यक्रम समापन गरिने आयोजक इटहरी इन्टरनेशनल कलेजले जनाएको छ ।

कार्यक्रममा सहभागी हुने कलेजको एउटा टीममा  ५ जना विद्यार्थी रहनेछन् भने  प्रवेश शुल्क रु.५,००० तोकिएको छ । 

पत्रकार सम्मेलन कार्यक्रममा इटहरी इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी सत्यव्रत कोइराला ,आइआइसी इनोभेक्स अन्तर्गतको कार्यक्रमका कार्यक्रम संयोजक बिबेक राई,रिगेस भण्डारी, प्रशान्त ढकाल इटहरी इन्टरनेशनल कलेजका आई.टि कोडिनेटर सन्तोष पराजुलीलगायतको उपस्थिती रहेको थियो ।