विराटनगर, २२ असोज । 
विराटनगरमा आयोजना गरिएको महिला सशक्तिकरण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा सहभागिहरुले महिलाले नेतृत्व गरेकेा ठाँउमा भ्रष्टाचार कम हुने गरेको बताएका छन्। 
लैंगिक समानता र महिला सशक्तिकरण गर्न सकिए भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सहज हुने सरोकारवालाहरुले बताएका छन् ।सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा संयुक्त राष्ट्र जनसंख्या कोषका योगेन्द्र बहादुर गुरुङले जनगणना र जनसंख्या वृद्धि दर बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
IMG20231009101357
सो कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य तथा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि कोशी प्रदेश सभाका महिला सांसदहरुले ५ बुँदे प्रतिबद्धता समेत व्यक्त गरेका थिए । 
सो कार्यक्रममा कोशी प्रदेशका महिला संासदहरु, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरुको सहभागिता रहेकेा थियो ।
IMG20231009101442
IMG20231009101351