जलवायु परिवर्तनको प्रभाव र विपद् न्यूनिकरण बारे विज्ञहरुले वातावरण संरक्षण र जलवायु परिवर्तन प्रति स्थानीय समुदायलाई सचेत बनाउदै लैजानुपर्ने धारणा राखेका छन्।
 
वन तथा वातावरण मन्त्रालयले विराटनगरमा आयोजना गरेको राष्ट्रिय अनुकुलन प्लान सम्बन्धि तालिम कार्यक्रममा उनिहरुले वातावरण मैत्री संरचनाहरु निर्माण गरेर जलवायु परिवर्तनबाट हुने प्रभाव न्यूनिकरण गर्न सकिने बताएका थिए । 

सो कार्यक्रममा विज्ञहरुले विद्यालय स्तर बाटै शिक्षा दिन सकिए मात्र यसबाट हुने क्षति घटाउन सकिने बताएका छन् । 
 सो कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव एवम् जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. बुद्धिसागर पौडेलले राष्ट्रिय अनुकुलन प्लान बारे जानकारी गराएका थिए, भने कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव संजिव कुमार र्राईले जलवायु परिवर्तनको प्रभाव र न्यूनिकरणका उपायहरु बारे चर्चा गरेका थिए । 
तिन दिन सम्म संचालन हुने सो कार्यक्रममा कोशी प्रदेश र मधेस प्रदेशका विभिन्न मन्त्रालय, प्रादेशिक कार्यालय तथा वन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

IMG20231007143313