मोरङको मानव अधिकारको अवस्थाबारे विराटनगरमा हिजो सरोकारवालाहरु विच छलफल भएको छ ।
जीआईजेड–जेडएफडिको सहयोग तथा साझा सवालका लागि साझा मञ्च कोकनको समन्वयमा मानव अधिकार मञ्च नेपाल, इलामले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले शिक्षा, स्वास्थ्यको क्षेत्रमा समस्या देखिएको बताएका थिए । सरोकारवाहरुले महिला हिंसा, बालविवाहका घटनाहरु, आपराधिक घटनाहरु बढ्दै गएको बताएका थिए ।
छलफलका सहभागिहरुले मोरङको मानव अधिकारको अवस्थाबारे नियमित रुपमा छलफल गरि राज्यपक्षलाई ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका थिए । सहभागिको सुझाव अनुसार नियमित रुपमा मोरङको मानव अधिकारको अवस्थाबारे छलफल गरिने निश्कर्ष निकालिएको कोकन अध्यक्ष मञ्जिता उपाध्ययायले बताउनुभयो ।
सरोकारवालावीच नियमित छलफल हुँदा जिल्लाको मानव अधिकारको अवस्थाबारे अभिलेखीकरणमा पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रमुख सोमराज थापा, कोकन अध्यक्ष उपाध्याय, कोकनका सल्लाहकार कोषराज न्यौपाने, अधिवक्ता अनिल खड्का लगायतले कार्यक्रममा बोल्नु भएको थियो ।