धार्मिक भ्रमणमा निस्केका मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले विराटनगर स्थित कोइराला निवास प्रजातन्त्रको मन्दिर भएको बंताएका छन् ।
शुक्रवार कोइराला निवास पुगेका प्रदेश प्रमुख मिश्रले २०५६ साल पछि कोइराला निवास आएको बताए । मिश्रले आफुले प्रजातन्त्रको परिभाषा यहि घरबाट सिकेको बताउदै कोइराला निवासलाई आफुले मन्दिर मानेको बताए ।
सपरिवार कोशी प्रदेशको धार्मिक भ्रमणमा हिडेका प्रदेश प्रमुख मिश्रले इलाम जिल्लका केही मन्दिर दर्शन गरेर आएको बताए । उनले कोइराला निवास बाटै राजनीतिक सिकेको र कोइराला परिवार संगको आफ्नो नाता धेरै नजिक रहेको बताए ।