६८ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा सुनसरी जिल्ला अस्पतालमा उपचाररत बिमारीहरुलाई फलफुल तथा कपडा वितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा प्रसुति वार्डमा उपचाररत रहेका सुत्केरी आमा र अस्पतालका अन्य बिरामीहरुलाई फलफुल बितरण गर्नुकासाथै नवजात शिशुहरुलाई लत्ताकपडा समेत बितरण गरेको थियो 


उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेजिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी तथा श्रीमती संघका पदाधिकारीहरु र अस्पतालका कर्मचारीहरु समेत उपस्थित रहेको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निरन्तररुपमा यस्ता परोपकारी कार्यक्रमहरु संचालन गरिरहेको छ ।