मोरङको बिराटनगर १४ र १५ स्थितबाट अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)  बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवस्थामा कुर्था सुरुवाल, लेडिज टप्स, जेन्स अण्डरवेयर समेत गरी करिव १ लाख ४ हजार ७ सय ५० रुपैया मुल्य वरावरको सामान बरामद गरेको हो ।

बरामद गरिका उक्त सामग्रीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाईएको छ । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य स्थानमा प्रहरीले थप कडाइका साथ चेकजाँच शुरु गरेको छ ।