बेलबारी नगरपालिका वडा नं.३ मा रहेको बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २७ गते हुने पाँचौँ साधारणसभा हुने भएको छ । उक्त साधारणसभाका लागी हिजो अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशित गरेको छ । उक्त साधारणसभाका लागी पाँचदलिय गठबन्धन –नेकपा एमाले,नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी)बाट नेकपा एमालेका दुर्गा प्रसाद गौतम र नेपाली काँग्रेसबाट किशोर कुमार कार्की चुनावी मैदानमा जाने भएको छ । 


चुनावमा जाने भइसकेपछि नेपाली काँग्रेसले भ्रष्ट हुन्नौँ,भ्रष्टचार सहन्र्नौँ’,गुणस्तरीय शुद्घ खानेपानी उपभोक्ताको आवश्यक्ता प्रविधिमैत्री सर्वसुलभ सेवा हाम्रो प्रतिवद्घता भन्ने मु्ल नाराका साथ आजबाट घरदैलो कार्यक्रम सुरु गरेको छ । घरदैलो कार्यक्रमबाट आफ्नो एजेण्डा बोकी उपभोक्ताको घरघरसम्म पुगिरहेको छ । 


नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरु अध्यक्ष पदका उम्मेदवार किशोर कुमार कार्कीको प्यानललाई जीताउनकालागि अभियान थालेको छ । अध्यक्ष पदका उम्मेदवार किशोर कुमार कार्कीको प्यानलमा उपाध्यक्ष प्रगति मोक्तान, सचिव सपना काफ्ले, कोषाध्यक्ष रिक्त बहादुर गुरुङ, खुल्ला सदस्यहरु चन्द्रजंग बस्नेत, सियोम सुवेदी, राजेश शाह,जानुका विश्वकर्मा, विष्णु दाहाल, लेखा समिति संयोजक दिपेन्द्र लामिछाने र लेखा समिति सदस्य नेत्र कुमारी ढकाल रहेका छन् ।