नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई विभाजन गराउन पार्टी भित्र दरार पैदा गर्न अहिले पनि देशी विदेशी शक्तिहरु लागिपरेकोले यस तर्फसचेत भएर हिड्नु पर्ने बताएका छन् ।
बुधवार विराटनगरमा आयोजना गरिएको एमाले कोशी प्रदेश समितिका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी भित्र हुदै नभएको गुट उपगुट सिर्जना गर्ने प्रयास भईरहेको र हौवा फैलाउने कार्य रोक्नु पर्ने बताए ।
अध्यक्ष ओलीले लोकतान्त्रिक पार्टीमा आपसमा स्वस्थ प्रतिस्पर्धा हुनु र निर्वाचित हुनुलाई सामान्य ढंगले बुझ्नु पर्ने बताए ।
उनले आफुले पाएको जिम्मेवारीलाई अत्यन्त निर्मम ढंगले पूरा गर्न निर्देशन दिदै प्रत्येक वडामा ५१ प्रतिशत मत र्पुयाउने गरी कार्य गर्न आग्रह समेत गरे । उनले नेकपा एमालेको भिजन सुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने र सवै क्षेत्रमा विकास गर्नुका साथै गरिवि निवारण गर्ने उद्येश्य रहेको बताए ।
नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सो कार्यक्रममा नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपसचिवहरु जलवर्षा राजवंशी र देवान र्राई तथा २१० जना सदस्यहरुलाई सामुहिक शपथ ग्रहण गराइएको थियो ।