महान चाढ दशै तिहार नजिकिदै जादा बजारमा सवै सामानको मुल्य आकासिएको सरोकारवालहरुले बताएका छन् ।
उपभोक्ता अधिकार सवैको सरोकार भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था र मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको आशन्न चाढपर्वहरुःहाम्रो साझा दायित्व छलफल कार्यक्रममा उपभोक्ताहरुले बजारमा पाइने खाद्यन्न देखी लत्ताकपडा सवैको मुल्य बृद्धि भएको गुनासो गरेका छन् ।
उनिहरुले भारतको जोगवनी भन्दा नेपालमा सामान महंगो हुने भएकाले सवै उपभोक्ता जोगवनी जानेगरेको बताए । चाढपर्वको समयमा वर्षेनी मुल्य बढाउदा उपभोक्ताहरु संधै मारमा पर्ने गरेको उनिहरुको भनाइछ । यसलाई रोक्नको लागि के गर्न सकिन्छ सिमावर्ती क्षेत्रमा जाने नेपालीहरुलाई आप्mनै बजारमा केन्द्रीत गराउन सस्तो मुल्यको पसल संचालनमा ल्याउन उनिहरुको माग छ ।
स्थायिन उद्योगिहरुले उद्योगमा उत्पादन भए पनि त्यसको बजार नभएको कारण उत्पादनमा कटौति गर्नु परेको गुनासो गरेका छन् । नेपाल भारत खुल्ला सिमाना भएका कारण भ्रष्टाचार भौलाएको आरोप लगाएका छन् ।
सो छलफल कार्यक्रममा उपभोक्ताबादीहरु , नागरिक समाज , विभिन्न संघसस्थाका प्रतिनिधीहरु र संचारकर्मीह्रुको उपस्थिति रहेको थियो ।