उद्योग संगठन मोरङले युवा र महिलालाई उद्यमी बनाउने गरी तेस्रो संस्करणको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम सञ्चालन गर्ने तयारीमा जुटेको जनाएको छ ।

सोमबार संगठनले पत्रकार सम्मेलन गरेर तेस्रो संस्करणको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रममा सहभागिता जनाउनका लागि २०८० असोज १५ गतेदेखि कार्तिक १५ गतेसम्म १ महिना भित्र दरखास्त बुझाउन फारम खुल्ला भएको आवहान गरेको छ । सो संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले २ वर्ष अगाडिदेखि सुरु गरेको स्टार्टअप एण्ड इनोभेसन कार्यक्रमलाई वर्तमान अध्यक्ष राकेश सुरानाको टिमले निरन्तरता दिन लागेको जनाएको छ । 

सुनसरी मोरङ औधोगिक करिडोर क्षेत्रमा बसोवास गरिरहेका युवा महिला तथा वैदेशिक रोजगारबाट स्वदेश फर्किएकालाई प्राथमिकतामा राखिएको र तेस्रो संस्करणको कार्यक्रममा सहभागिताका लागि २० जना युवा र महिलालाई छनौट गरिने बताइएको छ । पहिलो संस्करणमा १७ र दोस्रो संस्करणमा १३ गरी ३० जना युवा तथा महिलाले स्टार्टअप एण्ड इनोभेसन कार्यक्रममा सहभागिता जनाई सकेका छन । र तेस्रो संस्करणको कार्यक्रममा सहभागिता जनाउने १ जनालाई ५० घण्टासम्म प्राविधिक परामर्श सेवा प्रदान गरिने सो संठनले बताएको छ ।

सहभागिता जनाउनेलाई निःशुल्क प्राविधिक परामर्श सेवा प्रदान गरिने छ । तालिम लिई सकेकालाई उद्यमी बनाउन उद्योगको फारम दर्ता गर्नेदेखि लगानी गर्न सम्म बैंक सँग उद्योग संगठन मोरङले पहल गर्ने बताएकोछ । सो कार्यक्रममा उद्योगि र व्यापारीहरुको उपस्थिति रहेको थियो । 



ud photo (3)