नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको सांँझ ५ बजे पछि मतगणना सुरू भएको छ ।

अधिबेशनमा अध्यक्ष लागि मोरङका नेताहरु विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा उत्रिएका छन् ।

 अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि ४५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा रहेकोछ ।

दुई जना उपसचिवको लागि झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राईबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार राति १० बजेबाट सुरु भएको मतदान विहान ५ बजे सकिएको थियो । मतदान सकिएको १२ घन्टापछि मतगणना सुरू भएको छ । 

अधिवेशनमा ९९७ जना प्रतिनिधि रहेकोमा ९७७ मत खसेको थियो भने ७ स्थानबाट मतगणना सुरू भएको निर्वाचन समितिले जनाएको छ । सुरक्षाकर्मीको कडा सुरक्षाका विच मतगणना सुरु गरिएको छ । 


photo (12)