प्रोवेशन ब्राण्ड प्राप्त लेटाङको एकमात्र सहकारी संस्था लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औ साधारण सभा सम्पन्न भएको छ ।
सन्तुस्ट सदस्य, सक्षम साकोसू भन्ने मुल नाराका साथ साधारण सभा सम्पन्न भएको हो । साकोसले अशोज ३ गते वाट कार्यातालिका बनाएर ५ स्थानमा साधारण सभा गरेको थियो । अशोज १२ गते साधारण सभाले पठाएका प्रतिनिधीहरुले प्रमाणिकरण गरेपछि साधारण सभा सम्पन्न भएको हो ।
संस्थाले ७९र८० को समिति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखापरिक्षकको प्रतिवेदन,प्रस्तावित बजेट तथा कार्यक्रम,लेखा परिक्षकको नियुक्ती तथा पारिश्रमिक तोक्ने, आन्तरिक नीति, कार्यविधि तथा निर्देशिका पारित लगायतका प्रस्तावहरुलाई पारित गरेको हो ।
संस्थाले कुनैपनि शेयर सदस्यको मृत्यु भएमा परिवारलाई राहत १ लाख रुपैया पुर्याएको छ । संस्थाले यहि बर्ष देखि संस्थाको प्रधान कार्यालय विपि चौकमा एटिएम संचालन गर्ने संस्थाका अध्यक्ष गोपाल वाराकोटीले जानकारी दिनुभयो । संस्थाले सदस्य शिक्षा, कर्मचारी तालिम, सहकारी अवलोकन लाई समेत प्राथमिकतामा राखेको छ ।
हाल ३२८४ जना सदस्य रहेको संस्थामा बृहत संस्था निर्माणका लागि अधिक सदस्य भन्ने नारालाई आत्मसाथ गर्दै विपन्न बर्ग सम्म सहकारीको सदस्यता पहुँच पुर्याउने लक्ष्य राखेर निशुल्क सदस्यताको समेत ब्यवस्था गरेको छ ।
लेटाङ साकोसको शेयर पुँजी ५ करोड माथी रहेको छ । यो पुजी संस्थाको मेरुदण्ड हो । संस्थाको तरतला १० करोड भन्दा माथी रहेको छ । यसले संस्थालाई चलायामान वनाउदछ । संस्थाले हाल एक ब्यक्तीलाई १ करोड सम्म ऋण लगानी गर्न सक्नेछ ।