विराटनगर, १२ असोज ।

  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम वैज्ञानिक महाविर पुनलाईे विराटनगरमा नगद ५० हजार रुपैया सहित सम्मान गरिएको छ । 

विराटनगरमा आयोजना भईरहेको नेपाल जेसिजको क्षेत्र क सम्मेलनमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल जेसिज र राष्ट्रिय झण्डा ओढाएर ५० हजार रुपैया सहित सम्मानित गरेका हुन । नेपाल जेसिजले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न प्रत्येक शाखामा टोकन बक्स राख्ने सो कार्यक्रममा जानकारी दिइएको थियो । युवाहरुलाई मुलुकको विकास र आविष्कारमा प्रयोग गरेर मुलुकमा वैज्ञानिक उत्पादन गर्न सघाउ र्पु¥याएकोले  राष्ट्रिय आविष्कार केन्द्रलाई सम्मानित गरिएको बताइएको छ । 

असोज १२ र १३ गते सम्म आयोजना हुने सो क्षेत्र क सम्मेलनमा वीरगंज पूर्वका  ४३ वटा शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको अयोजकले जनाएको छ ।  

mahabir pun photo (1) (1)