विराटनगर, ८ असोज । 

  जहाँ जहाँ औषधी त्यहाँ त्यहाँ फार्मेसिष्ट भन्ने नारा सहित विराटनगरमा विश्व फार्मेसिस्ट दिवस मनाइएको छ ।

  नेपाल र्फमास्युटिकल एशोसिएशन कोशी प्रदेशले विराटनगरमा यालीको आयोजना गरेको थियो । विराटनगरको वीरेन्द्र सभागृहबाट शुरु गरिएर्को याली मनास्लु होटलमा पुगेर सभामा परिणत भएको थियो ।

सो  यालीका सहभागिहरुले भाडाको लाइसेन्स खारेज गर ओषधी जिवन रक्षा हो ,जस्ता नारा लेखिएका प्लेकार्ड सहित नारा लगाउदै नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।

सभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरुले फर्मासिस्टले मात्र औषधी विक्री गर्न पाउनुपर्ने, अवैध औषधी पसल बन्द गर्नुपर्ने र इजाजत प्राप्त फर्मासिस्टबाट मात्र औषधी लिने बानी बसाले औषधीको दुरुपयोग कम हुने र जोखिम घट्ने धारणा व्यक्त गरेका थिए ।