कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पछिल्लो समय क्षयरोग उपेक्षित बन्दै गएकाले प्रतिकारात्मक र उपचारात्मक सेवालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।
हो, हामी क्षयरोग अन्त्य गर्र्छौ भन्ने नारा सहित शनिवार विराटनगरमा आयोजना गरिएको नेपाल क्षयरोग निवारण संस्था मोरङको ५३ औं जिल्ला सभा उद्घाटन गर्दै मुख्यमन्त्री कार्र्कीले क्षयरोग निवारण गर्ने सरकारको लक्ष्य पूरा गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले क्षयरोग निवारणलाई समाजसेवाका रुपमा सहयोग गर्ने कार्य जारी राख्न आग्रह गर्दै क्षयरोग पिडितहरुको उपचारका लागि आवश्यक अस्पताल बनाई दिने बताए । उनले जग्गा प्रदेश सरकारले उपलब्ध गराउन नसक्ने भएकाले स्थानिय तह या संघिय सरकारसंगको समन्वयमा उपलब्द गराउनु पर्ने बताए ।
सो जिल्ला सभामा मोरङमा भईरहेको क्षयरोग उपचारका गतिविधिहरु बारे जानकारी गराइएको थियो । सन २०५० सम्ममा क्षयरोग प्रति १० लाख जनसंख्यामा एक भन्दा कम रोगीमा झार्ने सरकारले लिएको लक्ष्य पूरा गर्न आवश्यक पूर्वाधार र जनशक्तिका लागि सो जिल्ला सभामा छलफल गरिएको छ ।