आज बालदिवसको अवसरमा बेलबारी नगरपालिका वडा नं. ७ की जनप्रतिनिधी तथा बेलबारी नगरपालिका कार्यसमिती सदस्यसमेत रहनुभएकी तिर्था काफ्लेले ३ वटा सामुदायिक विद्यालयका ३ जना विद्यार्थीहरुलाई आर्थिक रकम प्रदान गर्नुभएको छ । उहाँले बेलबारी वडा नं ७ मा रहेका ३ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रकम प्रदान गर्नुभएको हो ।
बेलबारी वडा नं ७ मा रहेको श्री रामजानकी आधारभुत विद्यालय, श्री देवकोटा आधारभुत विद्यालय र श्री किसान आधारभुत विद्यालयका स्कुल प्रथम, दैनिक स्कुल हाजिरी र दैनिक पोसाकमा उपस्थित हुने ३ जना विद्यार्थीहरुलाई १५०० का दरले एउटा स्कुल बराबर ४५०० गरी जम्मा १३,५०० प्रदान गर्नुभएको हो ।
आजको बालदिवस कार्यक्रममा बोल्दै रामजानकी आधारभुत विद्यालयका प्रध्यानाध्यापक जितेन्द्र चौधरीले आफ्नो विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष पनि छनोट नभएकाले प्रध्यानाध्यापकले मात्रै सबै काम गर्दा विभिन्न अप्ठ्याराहरु र बाधाहरु आएको आफुलाई महसुस भइरहेको तथा विद्यालयको शैक्षिक गुणस्तर बढाउन नसकेको र विद्यार्थीहरुलाई कुनैपनि उपलब्धी गराउन गार्हो भईरहेको र विद्यालयमा शिक्षकको अभाव रहेको, शौचालय र भवनको अवस्था जिर्ण रहेको बताउँदै नगरपालिकासँग शिक्षकको माग गर्दासमेत बेवास्ता गरेको गुनासो गर्नुभएको छ ।
यस्तै आजको बालदिवस कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनुभएकी तिर्था काफ्लेले हरेक विद्यार्थीहरुले उत्कृष्ट नम्बर ल्याउन, हरेक कृयाकलापमा अघि बढुन् भन्ने शुभकामना व्यक्त गर्दै आफुँ श्री रामजानकी आधारभुत विद्यालय व्यवस्थापन समितिको सदस्यसमेत रहेको तथा आफुँ सरकारमा भएपनि विद्यालयमा अभाव रहेका कुराहरुकोलागी केही गर्न नसकेकोमा लाज्यास्पद महसुस भईरहेको भन्दै आफँुले सक्दोे कोशीस गरेर वडाबाट, नगरबाट र प्रदेशबाट कताबाट के गरेर हुन्छ आफुँले पहल गर्ने बताउनुभएको छ ।
बालदिवसको अवसरमा यो वर्षमात्रै नभई आफ्नो कार्यकाल रहुन्जेलसम्म हरेक वर्ष यो कायलार्ई निरन्तरता दिनेसमेत प्रतिबद्दता जनाउनुभएको छ ।