बिराटनगर २९ भाद्र।

 मोरङ व्यापार संघको महिला उद्यम समितिद्वारा दर खुवाउने कार्यक्रम सम्पन्न गरेका छन्।

 शुक्रबार  महिला उद्यम समितिले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारी मोरङको बुढीगंगा १ स्थित महिला जागृति तथा वृद्धा आश्रमका एकल तथा वृद्ध महिलाहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।

संघकी महिला उद्यम समिति सदस्य श्रृति शर्माको संयोजकत्वमा आयोजित सो कार्यक्रममा संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य  नवीन रिजाल संघको महिला उद्यम समिति संयोजक  बन्दना जैन लगायत समितिको उपस्थितिमाबकार्यक्रम सम्पन्न भएको थियो ।