विराटनगर, २९ भाद्र ।

 वैदेशिक रोजगारको ठगी मुलुकका लागि ठूलो समस्या बन्दै गएकाले स्थानीय स्तरमा नै यसबारे छिनाफानो गर्ने अधिकार दिन सके छिटो छरितो र सरल रुपमा पिडितले न्याय पाउने सरोकारवालाहरुले बताएका छन् ।

विराटनगरमा आयोजना गरिएको आप्रवासी कामदारको न्यायमा पहुँच आयोजना सम्बन्धी समन्वय बैठकका सहभागीहरुले अहिले पनि वैदेशिक रोजगारका लागि सम्बन्धित व्यक्तिले बुझाएको रकम सापटीका रुपमा लिने गरेको पाइएकोले ठगीको सम्भावना बढी हुने गरेको बताए ।  वैदेशिक रोजगारमा हुने ठगी रोक्न रोजगार एजेण्ट, लेनदेन र कामदारको उजुरी तथा गुनासो सुन्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने उनिहरुले बताए । 

  मोरङमा विगत ७ वर्षदेखि वैदेशिक रोजगारमा हुने समस्याको निशुल्क कानुनी परामर्श दिदै आएको पिपुल फोरमको न्यायमा पहुँच आयोजना फेज आउट भएकाले स्थानीय तहले यसको जिम्मेवारी लिनुपर्ने सहभागिहरुले सुझाव दिएका थिए । सो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह लगायत वैदेशिक रोजगारमा काम गर्दै आएका गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

IMG_20230915_083103