झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका —५ का ४५ बर्षीय गंगाराम गजमेररहेका छन्। बिहिबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए।
घाईते भएका गजमेरलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।