ताप्लेजुङ, भाद्र २८ गते ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ बिब्लाटे स्थितमा चट्याङले लागेर एकजना बालकको मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे स्थानिय ग्याबु शेर्पाको १६ बर्षीय छोरा फुर्बा शेर्पालाई चौरी गोठाला गई गोठमा फर्किने क्रममा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । थप अनुसन्धान तथा लाशको कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।