विराटनगर, २५ भाद्र ।  

  कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा झापा विर्तामोडका गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमंत्री हिक्मत कुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमवार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधिस दिनेश प्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए । 

भाद्र २४ गते मुख्य न्यायाधिवक्ता बुद्धि बहादुर कटुवालले राजिनामा दिएपछि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो । शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमंत्री हिक्मत कुमार कार्की, मंत्री तथा उच्च पदस्थ कर्मचारीहरु र कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

safat (1)