इटहरी उपमहानगरपालिकाले निशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको छ । इटहरी नगरक्षेत्र भित्रका जनताका लागि उपमहानगरपालिकाले निस्शुल्क शव वाहन र एम्बुलेन्स सेवा सुरु गरेको हो ।

 सोमबारदेखि नै लागु हुने गरि निस्शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ। इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वाहन र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएका कारण एम्बुलेन्स सुरु गरिएको उनले बताए । नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिन थालेपछि विरामीको चाप बढेको उनको भनाइ छ ।