विराटनगर, २५ भाद्र ।  

 कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धि बहादुर कटुवालले राजिनामा दिएका छन् ।

तत्कालिन मुख्यमंत्री उद्धव थापाको सिफारिशमा गत साउन २९ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बुद्धि बहादुर कटुवालले मुख्यमंत्री हिक्मत कुमार कार्की मार्फ भाद्र २४ गते राजिनामा दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६० को उपधारा ४ बमोजिम मुख्य न्यायाधिवक्ता कटुवालको राजिनामा स्वीकृत गरेको सो कार्यालयले जनाएको छ । 

  संवैधानिक र संसदीय परम्परा अनुसार मुख्यमंत्रीले राजिनामा दिएपछि मुख्य न्यायाधिवक्ताले पनि राजिनामा दिने प्रचलन रहेको छ । तर पूर्व मुख्यमंत्री राजेन्द्र कुमार र्राईको सिफारिशमा नियुक्त हुनुभएका पूर्व मुख्य न्यायाधिवक्ता परिवर्तन र्राईले आफुलाई हटाएको भन्दै उच्च अदालत विराटनगरमा हाल्नु भएको मुद्दा अझै विचाराधिन रहेको छ । सरकार फेरीए संगै मुख्य न्यायाधिवक्ता पनि फेरीने गरेका छन् ।