मोरङको पथरी शनिश्चरे नगरपालिका ६ की ५६ बर्षीया शन्तिला भट्टराई लुईँटेलको करेन्ट लागेर मृत्यु भएको छ ।शनिबार बिहान आफ्नै घरमा पानी तान्ने मोटर चलाएर नुहाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।
उनको उपचारको क्रममा विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।