मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ मा रहेको सलकपुर बजार क्षेत्रमा आज  सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।  दुर्गादेवी दुलाल स्पोर्टस ग्राम सलकपुरको आयोजनामा  कार्यक्रम सम्पन्न भएको हो ।सरसफाई कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकामा रहेका विभिन्न संघसस्थाहरुको उपस्थिती रहेको थियो ।

सलकपुरमा सरसफाई कार्यक्रमको आयोजना दुर्गादेवी दुलाल स्पोर्टस ग्रामको हुन लागेको साधारणसभालाई लक्षित गरी गरेको दुर्गादेवी दुलाल स्पोर्टस ग्रामका अध्यक्ष भोलेश्वर दुलालले जानकारी दिनुभयो ।  सलकपुरमा मात्र नभएर सुन्दरहरैंचाका हरेक क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गर्दै आइरहेको सुन्दरहरैचा उधोग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले बताउनुभयो ।आगामी दिनमापनि यस्तै यस्तै सरसफाई कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

वृक्षरोपण कार्यक्रमको पनि आयोजना गरी नगरभरी बृहत कार्यक्रमको रुपमा सञ्चालन गर्नुपर्ने ईन्द्रपुर खानेपानीका सचिव अर्जुन गजुरेलले बताउनु भएको छ । सरसफाई सुन्दरहरैंचाको सलकपुर बजार देखी दुर्गा देवी स्पोर्टस ग्राम सम्म गरिएको थियो ।