विराटनगर, २० भाद्र ।
गरिवी,अशिक्षा र रोजगारको अभावका कारण पछिल्लो समय नेपालमा मानव बेचबिखन बढेको सरोकारवालाहरुले बताएका छन । वुधवार विराटनगरमा आयोजना गरिएको मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १७ औं राष्ट्रिय दिवसको उपलक्ष्यमा अन्तरसम्वाद कार्यक्रममा सहभागिहरुले चेलीबेटी बेचविखनका रुपमा शुरु भएको मानव बेचबिखन कार्यमा अहिले पुरुष पनि विक्री हुने गरेको पाइएको बताएका छन् । पछिल्लो समय वैदेशिक रोजगारका नाममा मानव बेचबिखन वैधानिक रुपमा नै हुने गरेकोले यसलाई कानुनी रुपमा नै निष्कर्षमा र्पुयाउनु पर्ने उनीहरुको भनाई थियो । बेचविखनमा परेका ५० प्रतिशत मानवमा गरिवि अशिक्षा र चेतनाको कमि भएको तथ्याङ्क रहेको सरोकारवालाहरुले बताएका छन् ।
मानव बेचबिखन विरुद्धको जिल्ला कार्य समिति मोरङले आयोजना गरेको सो कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधिस दिनेश प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी वीरेन्द्र प्रसाद यादव, राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख पवन भट्ट लगायत विभिन्न गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु साथै संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
अहिले सम्म कति मानिसहरु बेचविखनमा परे भन्ने एकिन तथ्याङ्क कसै संग नभएको सो कार्यक्रममा सहभागि सरोकारवालहरुले बताएका छन् ।