अरनिको बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई एकै थलोमा व्यवस्थित बस्ति बसाउने उद्येश्यका साथ जग्गाधनि प्रमाण पुर्जा वितरण गरेको छ ।
विराटनगर–१९ स्थित खोरिया क्षेत्रमा एमुष्ठ जग्गा खरिद गरेर अहिले उक्त जग्गालाई अरनिको नगर कोलोनीको रुपमा विकास गर्ने योजनाका साथ अरनिको सामुदायिक सेवा समाज समेत गठन गरिएको छ ।
आफ्ना शेयर सदस्यका लागि एउटै थलोमा कोलोनी बनाउने उद्देश्यले ६ बिघा १७ कठ्ठा १६ धर जग्गा खरिद गरिएको छ । जसमध्ये संस्थाको नाममा दश कठ्ठा राखेर बाँकी जग्गा १०४ परिवारका लागि व्यक्तिगत रुपमा वितरण गरिएको छ ।
आइतबार विराटनगरमा शेयर सदस्यहरुलाई घर निर्माण गर्ने गरि उपलब्ध गराइएको उक्त जग्गाको धनीपूर्जा वितरण गरिएको हो । कोलोनीका अगुवा हरिभक्त सिटौलाले अहिले उक्त क्षेत्रमा माटो पुर्ने, कम्पाउण्डवाल बनाउने, सडक नाला निर्माणको काम भईरहेको जानकारी दिए । जग्गाधनीहरुलाई एक कठ्ठामा नघट्ने गरि लालपूर्जा पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वितरण गरेका हुन । उक्त जग्गामा मोडलको रुपमा घरहरु निर्माण गरेर आफ्ना शेयर सदस्यहरुको कोलोनीमा विकास गर्ने योजना राखिएको छ ।विराटनगरको विकट स्थानमा बस्ती विकास गर्दा शहरको क्षेत्र समानरुपमा विस्तार हुने बताइएको छ ।