संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गरिबी निवारण र समृद्धिका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।
आइतवार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले उनले भ्रष्टाचार नियन्त्रण तथा संविधान कार्यान्वनयका लागि मुलुकका प्रमुख राजनैतिक दलहरु सहितको राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखे ।
उनले अहिले पनि र्सवदलिय सरकार रहेपनि विगतमा जस्तै राष्ट्रिय सहमतिको सरकार गठन गर्न सकिए संविधान कार्यान्वयन तथा संसोधन र भ्रष्टाचार नियन्त्रण लगायतका बेथितिहरु सच्याउन सकिने बताए ।
उनले पोखरा र भैरहवा अन्तराट्र्रिय विमानस्थललाई दिर्घकालीन रुपमा संचालन गर्न पिपिपि मोडलमा लैजाने सोचाईमा सरकार रहेको जानकारी दिदै, आवश्यकताका आधारमा विमानस्थलहरु बनाउनुपर्ने सरकारको स्पष्ट धारणा रहेकाले धरानमा विमानस्थल बनाउनुको औचित्य नदेखिएको बताए ।