मोरङको सुन्दरहरैँचा नगरपालिकाले कर वृद्धि गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । कर विरूद्द संघर्ष समितिनै निर्माण गरेर विरोध जनाईरहेको छ । सो अन्तर्गत आइतबार नगरपालिका गेटमा नाराबाजी गर्दै भिडले राजश्व शाखामा ताला लगाएका छन् । सभामा बोल्दै वक्ताहरूले नगरपालिकाले विरोधलाई बेवास्ता गरेको, वार्ताको व्यवस्थापन गररेको भन्दै आगामी दिनमा अझ ससक्त आन्दोलन गर्ने बताए ।

यता नगरप्रवक्ता रोशनप्रसाद ढकालले भोलिनै वार्ता गर्ने विषयमा कुरा भईरहेको बताएका छन् ।