विराटनगर १७ भाद्र
भाद्र ४ गते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
यो रिट १५ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो तर हेर्न नमिल्ने भएसँगै फेरी आज सुनुवाइ हुने भएको हो । आज सो रिट सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ ।
विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी गर्दै मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए । १५ गते पुनः ईश्वरप्रसार खतिवडाकै इजलासमा परेपछि हेर्न नमिल्ने भएको थियो ।