आज बेलबारी बहुमुखी क्याम्पसको परिसरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बेलको बिरुवा रोपेर कार्यक्रमको उदघाटन गर्नुभएको हो ।
सो क्रममा मन्त्री किराँतीले अहिले विश्व मानवकै सत्रुका रूपमा भ्रष्टाचार रहेको बताउनुभयो। यसलाई परास्त गर्न यो अभियान चलाईएको समेत उहाँको भनाइ थियो । यस्तै बेलबारी क्षेत्रको पुरातात्त्विक महत्त्व बोकेका पर्यटकीय क्षेत्रको विकासमा सहयोग गर्ने बताउनुभयो । आफुँ पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएको नाताले बेलबारीबासीसँग सहकार्य गरेर अघि बढ्नेपनि बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्रको विशेष अभियानका रूपमा वडा नम्बर ३ मा रहेको बेलबारी बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम गरिएको हो । जनतासंग माओवादी विशेष रूपान्तरणका लागि अभियान नाराका साथ आजबाट सबै पालिकामा ३ महिने अभियान सुरू गरिएको मन्त्री किराँतीले बताउनुभयो। सो क्रममा घरघरमा गएर सुझाव संकलन गरिने छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, नगरप्रमुख दिल प्रसाद राईलगायतको उपस्थिति रहेको थियो ।