विराटनगर, १४ भाद्र ।

वर्ष दिन भित्र देहावसान भएका आफन्तहरुको सम्झनामा विराटनगरमा पनि सामुहिक गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायमा देहावसान भएको मानिसको संझनामा बर्ष दिन भित्र घरबाट गाई जात्रा निकाल्ने चलन रहेको छ ।   

गाईको प्रतिकात्मक रुपमा सजिएर नगर परिक्रमा गर्दा गाईको पुच्छर समाती मृतात्माले वैतरणी पार गर्छन् भन्ने धार्मिक मान्यता अनुरुप गाईजात्रा पर्व मनाईदै आएको छ । झी पुचः विराटनगरले आयोजना गरेको सो गाईजात्रामा लाखे नाच र झाँकी सहितको विभिन्न आकृतिमा सजिएका बालबालिका देखि युवाहरुको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । गाईजात्रा पर्वमा नेवार समुदाय मात्र होइन अन्य जातिका मानिसहरुको पनि सहभागिता रहेको थियो । विराटनगरमा वर्ष दिन भित्र २९ जना नेवार समुदायका व्यक्तिहरुको मृत्यु भएको झी पुचःले जनाएको छ । 

एक बर्ष भित्र मृत्यु भएका मानिसका आफन्तहरुले उनिहरुको फोटो सजाएर नगर घुमाउने र विधिपुर्वक गाइजात्रा मनाउनाले मृतात्माले शान्ति पाउने विश्वासका साथ गाइजात्रा मनाउदै आएका छन् ।  

gaujatra photo (1)