विराटनगर १३ भाद्र ।

    उद्योग संगठन मोरङको कार्यालयमा साप्ताहीक तरकारी हाट बजार लाग्ने भएको छ । बुधवार उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर भाद्र १६ गते शनिबारदेखि साप्ताहीक तरकारी हाट बजार लाग्ने बताएको छ ।

स्थानिय स्तरमा किशानले उत्पादन गरिरहेको अग्र्यानिक उत्पादन तरकारीको संरक्षण एवं संवद्धन गर्ने उद्देश्यका साथ साप्ताहीक तरकारी हाट बजारको आयोजना गर्न लागेको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । स्थानियको माग अनुसार साप्ताहीक तरकारी हाट बजार लगाउन लागेकोले यसले निरन्तरता पाउने संगठनका बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए । उद्योग संगठन मोरङको महिला उद्यम समिति र नेपाली युवा उद्यमी मञ्चको आयोजनामा साप्ताही तरकारी हाट बजार लगाउन लागेको हो ।संगठनको हाता भित्र प्रत्येक शनिबार २० भन्दा बढि स्टलबाट अग्र्यानिक तरकारी विक्री हुने बताइएको छ ।

साप्ताहीक हाट बजारमा तरकारी संगै ताजा फलफुल घरायसी प्रयोजनका सामग्री, हस्तकलाका सामग्री, दैनिक खाद्यवस्तु, गार्मेन्ट तथा श्रृंगारका सामग्री राखिने छन् । प्रत्येक शनिबार बिहान ८ देखि १२ बजेसम्म बजार सञ्चालनमा रहने छ । पहिले पनि संचालनमा आएको बजार कोभिडका कारण बन्द भएको थियो ।