राधाकृष्ण रथ यात्रा तयारी पुरा÷ विराटनगर
विराटनगर, १३ भाद्र । परम्परागत रुपमा विराटनगरमा भव्य रुपमा मदाउदै आइएको राधाकृष्ण रथयात्राको तयारी पुरा भएको आयोजक समितिले जनाएको छ । वि.सं. १९८८ देखि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा नं. १ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट भव्य रथयात्रा निकाल्ने चलन रहि आएको छ । यस पटक भाद्र २१ गते राधाकृष्ण रथयात्रा निकाल्ने तयारी पुरा भएको र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा वुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षकर्मीका प्रमुखहरु ,विराटनगर महानगरपालिकाका मेयर साथै कर्मचारीहरु, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु , संघ सस्थाहरु सगं छलफल गरिएको छ । कोभिड नाइन्टिनका कारण तीन बर्ष सम्म रोकिएको राधाकृष्ण रथयात्रा यसपटक भने भब्यरुपमा निकाल्ने तयारी भएको आयोजक समुहरुले जनाएको छ । एसियाकै ठुलो रथयात्रा निस्कने हुनाले विराटनरमा विभिन्न जिल्ला लगायत भारत देखी पनि रथ तान्नेहरु आउने गर्दछन् । यसलाई व्यवस्थित र सुरक्षीत गर्नको लागि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दिपक पोखरेलले सुरक्षा व्यवस्था कढा बनाइएको जानकारी दिएका छन् ।
हरेक बर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई सफल बनाउन महानगरका मेयर नागेश कोइरालाले आग्रह् गरेका छन् । उनले यो राधाकृष्ण रथयात्रा विराटनगर वासीहरु पनि भएको हुनाले यसलाई ऐतिहासिक बनाउन सवै जनाको योगदान रहने बताए । उनले रथयात्रा समारोहमा विभिन्न पालिकाहरुका प्रमुखहरुलाई निम्तो गरिएको बताएका छन् ।
राधाकृष्ण मन्दिरका अध्यक्ष एवं रथयात्रा मुलसमारोअ समितिका संयोजक कैलाश रेग्मीले सम्पुर्ण तयारी भएको जनाएका छन् । उनले विराटनगर १ पोखरीया राधाकृष्ण मन्दिरबाट सुरु गरेर विराटनगर मुख्य बजार हुदै पुनः सोही मन्दिरमा आएर समापन हुने रथयात्रा हेर्नको लागि सात लाख सम्म मानिस आउने बताएका छन् । रथको डोरी छोएमा मनोकामना पुरा हुने विश्वास लिएर मानिसहरु आउने गरेका छन् । कैलाश रेग्मी संयोजक मुल समारोह समिति ।