विराटनगर ११ भाद्र ।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियू र महेन्द्र मोरङका विद्यार्थीहरूले महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिना सहित चार जना प्राध्यापकलाई कार्यकक्षमा थुनेका छन ।
सोमबार इन्टर्नसिप गरेको रिपोर्टको शुल्क कलेज प्रशासनले आफूखुसी बढाएको भन्दै विद्यार्थीहरूले कलेज प्रमुख सहित विभागीय प्रमुख शिक्षकहरूलाई कार्यकक्षमा थुनेका हुन । क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर रामनारायण दास, बिबिएमका कोडिनेटर इन्द्रनारायण देवलाई कार्यकक्षमा थुनिदिएका हुन ।
इन्टर्नसिप रिपोटको शुल्क यस अगाडी १ हजार रुपैयाँ क्याम्पसले लिँदै आएको थियो । केही दिन अगाडीदेखि क्याम्पस प्रशासनले आफूखुसी तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि शिक्षकहरूलाई कार्यकक्षमा थुनिदिएको स्वीयू सभापति जोसवन पौडेलले जानकारी दिए । ‘विद्यार्थीहरूलाई जानकारी बिना क्याम्पस प्रशासनले आफूखुसी शुल्क वृद्धि गरेपछि यस अघिनै सच्याउन , शुल्क घटाउन र साविककै शुल्क निर्धारण गर्न भनेर २४ घण्टाको समय दिइएको थियो तर हाम्रो माग पुरा नभए पछि थुनेको विद्यार्थीहरुले बताएका छन् ।