मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत जनरल सर्जन डा प्रज्ज्वल कोइराला चतराघाटस्थित कोशी पुलमा सवारी साधन छोडेर बेपत्ता भएका छन् ।झापाको दमक नगरपालिका १ घर भएका ३८ वर्षीय कोइराला कोशी पुलको उदयपुर खण्डमा सवारी साधन छोडेर बेपत्ता बनेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार रोकेर उनी राती २ बजेदेखी बेपत्ता भएका हुन् ।  बेपत्ता भएका चिकित्सकको कोशी नदी र आसपासका क्षेत्रमा खोजी कार्य भइरहेको  छ । स्थानीयवासीले बेवारिसे कार देखेपछि सोमबार बिहान ४ बजे प्रहरीलाई खबर गरेका थिए ।। सशस्त्र प्रहरीको गोथाखोरको टोली र इप्रका रामपुरबाट सइको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको डिएसपी चौधरीले जानकारी दिए ।

सुनसरी प्रहरीका प्रमुख प्रभु ढकालले उदयपुरको प्रहरीसँगको समन्वयमा सुनसरी प्रहरीले समेत अहिले वेपत्ता चिकित्सकको खोजि कार्य गरिरहेको जानकारी दिए ।