कर्मचारी निष्काशनको विरोधमा संयुक्त ट्रेड युनियन  संघर्ष समितिले आइतबार धरानस्थित घण्टाघरमा तालाबन्दी गरेको छ। धरानका मेयर हर्क साम्पाङले घण्टाघरमा ज्यालादारीमा कार्यरत प्रकाश राई र नरबहादुर लिम्बुलाई हटाएको समितिले विरोधमा तालाबन्दी गरेको हो। उनीहरूले पुनर्वहाली गर्नुपर्ने माग राखेका छन्। 

यसअघि मेयर साम्पाङलाई एक साताको अल्टिमेटम दिँदै ट्रेड युनियनले ज्ञापनपत्र बुझाएको थिए।