आज गरिएको निषेधाज्ञाका कारण धरान  सुनसान देखिएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले हिजो  राति १२ बजेदेखि धरानमा निषेधाज्ञा जारी गरेको हो  ।

आज विहानदेखि धरान प्रवेश नाकामा प्रहरीले कडाइ गरेको छ  त्यसैले अन्य क्षेत्रबाट धरानमा प्रवेश सहज छैन । धरानकै बासिन्दा पनि घरबाहिर निस्केका छैनन् । बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । अत्यावश्य सेवाकाबाहेक गाडीहरु चलेका छैन्न् । पसलहरु खुलेपनि मानिसहरुलाई समूहमा हिँडडुल गर्न र भेला हुन दिइएको छैन ।