विराटनगर, ९ भाद्र ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले नै जातिय पहिचानका नाममा मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाएका छन् ।
शनिवार विराटनगरमा आयोजना गरिएको नेपाल प्रेस युनियन मोरङको पदस्थापना कार्यक्रममा बोल्दै नेता कोइरालाले धार्मिक सद्भाव भड्काउने प्रयासलाई तत्काल नियन्त्रण गर्न सरकार संग आग्रह गरे । उनले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक परिस्थिति अत्यन्तै खराब अवस्थामा जान लागेको हुनाले सुधार गर्न सरकारले चासो नलिएको धारणा राखे ।
नेता कोइरालाले सरकारले संविधान र कानुन उल्लंघन गर्ने कार्य गरेकाले न्यायिक सक्रियता बढेको बताउदै संविधान मिच्ने र गलत काम गरे अदालत चुप लागेर बस्न नहुने स्पष्ट पारे । उनले कोशी प्रदेशको सरकार प्रति अङ्कीत गर्दै संविधान र कानुन मिचेको आफुलाई स्वीकार नभएको बताए । उनले जसरी पनि सरकार बनाउनने होइन संविधानत बनाउनु पर्ने बताए ।
नेता कोइरालाले पत्रकारहरुलाई शुभेच्छुक भन्दा पनि क्रिटिकल हुन आग्रह गर्दै निष्पक्ष र स्वतन्त्र भएर काम गर्दा पार्र्टी र मुलुकलाई फाइदा पुग्ने बताए । उनले पत्रकारिता मर्यादित पेशा भएकाले मर्यादित भएर काम गर्न पत्रकारहरुलाई सुझव समेत दिए । उनले सुभेच्छुक संस्था भएपनि सहित र गतल छुट्याएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
सो कार्यक्रममा प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल सहित नवनिर्वाचित पदाधिकारीहरुलाई नेता कोइरालाले माला लगाएर सम्मान गरेका थिए ।