दुर्घटनाको जोखिम रोक्न प्रशासनले आज  धरान प्रवेशमा कडाइ गरेको छ ।आज भइरहेको  धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै  कडाइ गरेको हो ।

गुरु काटेर मासु खाएको विरुद्धमा विभिन्न हिन्दू संगठनहरुले धरानमा धार्मिक र्‍यालीको आयोजना गरेका हुन् ।र्‍यालीले उत्पन्न हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

धरानमा प्रशासनले हिजो राति १२ देखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।